thumb (1)

विदेशबाट फर्किएकालाई स्वदेशमै टिकाउने कार्यक्रम ल्याइँदै : श्रम मन्त्री

काठमाडौं । आउँदो आर्थिक वर्षको बजेटमा सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै टिकाउने गरी केही अवसर सिर्जना गर्ने कार्यक्रम ल्याउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार दशकलाई सफल बनाउन विदेशबाट फर्किएकाहरूलाई पुनःस्थापना हुने खालका कार्यक्रम बजेटमा समेटिने जनाएको हो ।

युवाले वैदेशिक रोजगारीमा प्राप्त सीप तथा अनुभवलाई स्वदेशमै प्रयोग गर्न संरचना निर्माणसहितका कार्यक्रम ल्याइने मन्त्रालयको भनाइ छ ।

वैदेशिक रोजगार बोर्डले पालिकाहरूसँग समन्वय गरेर पुनःस्थापनाका कार्यक्रम अहिले पनि सञ्चालन गर्दै आएको छ । तर यो पर्याप्त छैन । अब युवालाई स्वरोजगार बनाउन सहुलियतपूर्ण कर्जा दिने, सीप परीक्षण गरी प्रमाणीकरण गर्ने र उद्यमशीलताका कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन गर्ने जस्ता कार्यक्रम ल्याउन लागिएको हो ।

वार्षिक ३ देखि ४ लाख युवा वैदेशिक रोजगारीबाट फर्किने गरेका छन् ।

Tags: No tags

Add a Comment

Your email address will not be published. Required fields are marked *